कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेश गरेका छन्।
नेता आङ्बोले सत्ता गठबन्धन दलका प्रदेशसभा सांसदहरुको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज साँझ मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेश सरकार गठन गर्नका लागि असोज २६ गते अपराह्न ५ः०० बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए।