एसीसी यु- १९ प्रिमियर कप: इरानमाथि नेपालको सानदार जित

मलेसियामा आजदेखि सुरु भएको एसीसी यु- १९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानमाथि सानदार जित हात पारेको छ। इरान नेपालसँग २७४ रनले पराजित हुन पुग्यो।

बिहीबार मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको  थियो।

नेपालको लागि कप्तान देव खनालले शतक प्रहार गरे। देवले ६० बलमा १०० रन बनाए। उनी यु- १९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली ब्याटर समेत बने।

त्यस्तै नेपालका लागि दीपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे। यता इरानका लागि दद्राहमन रएसी र सल्मान निएजमान्दले तीन-तीन विकेट लिए भने जेइद राएसी र समान शेखीले समान दुई विकेट लिए।

जवाफी ब्याटिङमा आएको इरान  ३० दशमलव ५ ओभरमा ७९ रनमा अलआउट भयो।

इरानका ओपनर आमेर खोर्सन्द ३७ रन बनाएर आउट भए। साबेर इब्राहिमपुर  ११ रनमा नट आउट रहे। इरानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोडन् सकेनन्।

यता नेपालको लागि दीपेश कँडेलले र सुवास भण्डारीले ३ विकेट लिए भने हेमन्त धामी र आकाश चन्दले समान दुई- दुई विकेट लिए।

प्रकाशित मिति: : 2023-10-12 13:24:00

प्रतिकृया दिनुहोस्