इजरायलकाे युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली विद्यार्थीलाई उद्दार गरिएकाे छ।
गाजा क्षेत्रमा फसेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले स्कटिङ गरेर सुरक्षित स्थानमा सारिएकाे नेपाली विद्यार्थी लुइस रिजाल फेसबुक लाइभमार्फत् जानकारी गराएका छन्।
रिजालसहित ३२ जना विद्यार्थी गाजास्थित कृषि फर्ममा अध्ययन गर्थे। शनिबार प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा एकाएक रकेट आक्रमण गरेपछि उनीहरु त्यहाँकाे घर तथा बंकरमा लुकेर बसेका थिए।
युद्धपछि गाजा क्षेत्रमा फसेका उनीहरुले उद्दारकाे लागि पटक–पटक आग्रह गरेका थिए। युद्ध सुरु भएकाे दुई दिनपछि ३२ जना विद्यार्थीलाई इजरायली सेनाले साेमबार उद्दार गरी सुरक्षित स्थानमा सारेकाे छ।
‘ल साथीहरु हामीलाई स्कटिङ गरेर सेभ ठाउँमा लैजानकाे लागि सेनाकाे टाेली आइसकेकाे छ। हामी सबै जना मूभ भइरहेका छाैँ, यहाँदेखि,’ लुइसले भिडियाेमा भनेका छन्।
ती विद्यार्थीहरु अहिले इजरायली सेनाकाे सुरक्षा घेरमा छन्।
सुरक्षित स्थानमा सारिएका विद्यार्थीहरु:
बादल सुवेदी, दाङ
लुईस रिजाल, बर्दिया
मनिष खनाल, गुल्मी
नारायण भुसाल, पर्वत
गणेश साउद, कैलाली
बिपिन जोशी, कैलाली
गणेश जोशी,कञ्चनपुर
ओमप्रकाश उपाध्याय, कैलाली
प्रविन बीसी, सुर्खेत
विभुषा अधिकारी, चितवन
रचना चौधरी, कैलाली
आशा मिश्र, कैलाली
सुष्मा रेग्मी, कैलाली
नविन घिमिरे, दाङ
श्रेया तिवारी, चितवन
भिडियाे :