गाउँघर विस्तारै घमाइलो हुँदैछ। वर्षाले भिजाएको घर सिंगारिँदैछ। छिमेकी यस दसैंमा घर आउने कुरो छ।
सोह्र श्रदा सुरु भइसकेको छ। घटस्थापना आउन हप्तादिन बाँकी छ। गाउँघर दसैं मनाउने तयारीमा छ। विस्तारै सुनसान गाउँवस्तीमा चहलपहल बढ्दैछ। तर, बाध्यताअघि कतिपयको दसैं उत्सवमय छैन। जुन दृष्य त्रिभुवन विमानस्थलको कोचाकोचको यो दृष्यबाट प्रष्ट हुन्छ।
स्वदेशमा रोजगारको अवसर नपाएपछि दैनिक सयौँको संख्यामा नेपाली युवाहरू विदेशी रहेका छन्। नेपालीहरूको महान चाड दसैंको सम्मुखमा पनि त्रिभुवन विमानस्थलमा विदेश जानको चाप घटेको छैन।
तस्बिरहरू—