नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।
आइतबार उक्त सुन तस्करी प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझाएको एआईजी किरण बज्राचार्यले जानकारी दिइन्।
सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने राय सरकारी वकिललाई दिएकाे छ। तर पूर्वसभामुख महराविरुद्ध भने मुद्दा चलाउनु नपर्ने सीआईबीले निष्कर्ष निकालेको छ।
राहुलसहित दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सीआईबीले सिफारिस गरिएको छ।