सरकारले आजदेखि दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ। चाडबाडकाे समयमा उपभाेक्तलाई सहुलियत मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले सरकारल सुपथ मूल्य पसल सञ्चालन गर्न लागेकाे उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो।
काठमाडौँ उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ।
यी सुपथ मूल्य पसलहरु आगामी मंसिर ३ गतेसम्म सञ्चालनमा आउनेछन्।
उपत्यकाका यी स्थानमा छन्, सुपथ मूल्य पसल:
खाद्य व्यापार कम्पनीका– रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक।
साल्ट्र ट्रेडिङका– सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर।