किन भएन देश विकास ? कहाँ चुक्यो राजनीति ?

लोकान्तर

काठमाडौं

विश्वभरी नै राजनीतिक जवाफदेहिता र उत्तरदायी राजनीतिले मात्र गन्तव्य प्राप्त गरेका छन्, यसको अलग–अलग दृष्टान्त प्रस्तुत गरिरहनु पर्दैन। पछिल्लो समय विकसित नागरिक चेतनाले यसलाई ठम्याउने सामर्थ्य राख्छ। देशले तीव्र गतिमा विकास गर्नु र जनताको जीवन सहज तथा सुखद् हुनुले जवाफदेही र उत्तरदायी राजनीतिलाई प्रमाणित तथा स्थापित गर्दछ। दक्षिण  एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा अपवादबाहेक  जवाफदेही राजनीतिको बिल्कुलै अभाव वा कमी पाइन्छ। नेपाल यसैको प्रमुख दृष्टान्त हो।

हामी किन पछि पर्‍यौं? देशको भौतिक विकास किन भएन? जनताको जीवन सुखी र सम्पन्न बनाउन केले रोक्यो? देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा किन बढेन? आजका ज्वलन्त र प्रमुख प्रश्न यिनै हुन्। नेपाल र नेपालीका लागि कुन राजनीतिक प्रणाली उपयुक्त र किन उपयुक्त भन्ने विषयको तर्कसंगत समाधान भैसकेकाले यस विषयमा थप गन्थनमन्थन र विमर्श एवं परामर्शको आवश्यकता र दरकार  नै परेको छैन, त्यसैले अबको एकसूत्रीय आवश्यकता सुव्यवस्थित राष्ट्र निर्माण मात्र हो, जसको जग भौतिक विकास र जनताको सुख हो।

प्रकाशित मिति: : 2023-10-06 17:41:00

प्रतिकृया दिनुहोस्