माओवादी सचिव आचार्यको वीर अस्पतालमा उपचार जारी

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सुदूरपश्चि प्रदेश इन्चार्ज डिलाराम आचार्यको वीर अस्पतालमा उपचार सुरु भएको छ।

जनतासँग माओवादी विशेष रुपपान्तरण अभियानअन्तर्गत आचार्य मंगलबार अछाम साँफेबगर पुगेका थिए।

उनी बुधबार बिहान एक्कासी बोल्न र चल्न नसक्ने भएपछि अछामकै बयलपाटा अस्पतालमा जाँच गराइएको थियो। अछाममा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा जाँच गराइएको थियो।

त्यहाँबाट प्रारम्भिक उपचारपश्चात अस्पतालले काठमाडौँ लैजानुपर्ने बताएपछि आजै हेलिकप्टरबाट ल्याएर वीर अस्पतालकाे इमर्जेन्सीमा उपचार राखेर सुरु गरिएकाे पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

‘नेपालगञ्जबाट भरखर काठमाडौँ ल्याएर वीर अस्पतालको इमर्जेन्सीमा उपचार सुरु भएको छ। उहाँकाे १०४ नम्बरको क्याविनमा उपचार भइरहेको छ’, उनले भने, ‘उहाँको शरीरको एक भाग चल्दैन। बोल्न पनि सक्नुहुन्न। डाक्टरले ठीक हुन्छ भनेका छन्। रोग अलि जटिल हो। पार्टीकाे पहलमा वीरमा उपचार भइहेको छ।’

आचार्यको दाहिने भागमा प्यारालाइसिस भएको आशंका डाक्टरले गरेका छन्।

प्रकाशित मिति: : 2023-10-04 16:36:00

प्रतिकृया दिनुहोस्