नेपालगञ्जमा आज पनि कर्फ्युलाई निरन्तरता दिइएकाे छ।
मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई आज (बुधबार) पनि निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
केही दिनदेखि दुई धार्मिक समुदायबीच विवादहरू उत्पन्न हुँदै आएको थियो। मंगलबार एक समूहले नेपालगञ्ज बजार बन्दको आह्वान गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको थियाे।
पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।