खुल्यो श्रीदेवीको मृत्युको रहस्यः सुन्दरताले लियो ज्यान!

कुनैबेला बलिउडकी ‘क्वीन’ थिइन्, अभिनेत्री श्रीदवी। आफ्नो अभिनय र सुन्दरताको कारण करोडौं दर्शकहरूको मनमा बस्न सफल थिइन्। उनलाई देख्नका लागि मरिहत्ते गर्थे, उनका फेन्सहरू। 

कयौं सुपरहिट फिल्ममा अभिनय गरेर आफूलाई स्थापित गरेकी उनी सन् २०१८ सालमा सदाका लागि बिदा भइन्। विश्वभर बलिउडलाई चिनाएकी उनी संसारबाट अस्ताइन्। २४ फेब्रुअरी सन् २०१८ मा दुबईको एक होटलको बाथटबमा डुबेर निधन भएकी श्रीदेवीको मृत्यु रहस्य भएको थियो। 

श्रीदेवीको मृत्यु कसरी भयो? भन्ने प्रश्न सबैको मनमा थियो। उनको मृत्युले स्तब्ध भएका श्रीमान बोनी कपूर पनि चुप थिए। तर अहिले भने उनले मुख खोलेका छन्। श्रीदेवीको मृत्युको कारण बताएका छन्। 

बोनी कपुरले द न्यु इन्डियनलाई दिएको एक अन्तरवार्तामा श्रीदेवीको मृत्युबारे खुलेर बोलेका छन्। श्रीमतीलाई आफूले आजसम्म पनि सम्झने बताउँदै उनले भने, ‘उनले जे जति चाहन्थिन्, त्यो कुरा हेर्न आज उनी मसँग छैनन्। उनले भनेपछि नै मैले क्षेत्रीय सिनेमामा कदम राखेँ। छोरी जान्ह्वी कपुरको सफलता, सानी छोरी खुसी कपुरको डेब्यु...यी सबै उनकै सपना थियो।’

उनले थपे, ‘मेरो लगातार ६ वटा फिल्म साउथमा रिलिज भएका छन्, सबै हिट छन् । तर यो सफलता हेर्न श्री यहाँ नहुनुले साह्रै पोल्छ। त्यसैले मैले उनको फोटो यहाँ राखेको छु, यो हेरेपछि लाग्छ, उनी यतै कतै छिन्।’

डाइटमा थिइन्, श्रीदेवी

करोडौं दर्शकहरूको मन–मष्तिकमा बसन सफल भएकी श्रीदेवी आफ्नो रुपको धेरै स्याहार गर्थिन्। उनी सधैं राम्रो देख्न चाहन्थिन्। जसका लागि उनले डाइट पनि गरेकी थिइन्। उनी डाइटमा नुन पनि खादैन थिइन्। 

‘मसँग विवाह भएपछि उनमा ब्ल्याक आउटको समस्या भएको थियो र डाक्टरले उनको रक्तचाप कम छ भनेर भनेका थिए। सलादमा हल्का छरेर भए पनि नुन खानुस् भनेर डाक्टरले बारम्बार सल्लाह दिन्थे। तर उनले कसैले भनेको मानिन्’, भावुक हुन्छन्, बोनी। 

बोनीका अनुसार श्रीदेवीको यस्तो बानी थाहा भएपछि नुन खाऊ भनेर उनी आफैँले सम्झाउन खोजे र डाक्टरलाई समेत भन्न लगाए। तर यसको केही फाइदा भएन। उनले डिनर अर्डर गर्दा धेरैजसो नुन बिनाको चिनी हालिएको खाना मगाउँथिन्। नुन खाँदा मोटाइन्छ भन्ने उनलाई लाग्थ्यो। तरदुर्भाग्यवश, श्रीदेवीले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् र सायद यो कुरा उनको लागि धेरै गम्भीर र घातक भयो।

सन् २०१७ मा रिलिज भएको फिल्म ‘मम’ उनको अन्तिम फिल्म थियो। त्यो फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पनि पाएकी थिइन्। र, यो  उनको करियरको ३०० औँ फिल्म थियो। 

प्रकाशित मिति: : 2023-10-03 13:24:00

प्रतिकृया दिनुहोस्