प्रधानमन्त्री प्रचण्ड चीर-प्रतिक्षित चीन भ्रमणबाट फर्किएका छन् । भदौ ३० गते संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिका उडेका उनी उतैबाट चीन भ्रमणमा निस्केका थिए । असोज १३ गते देश फर्किदा उनको विदेश यात्रा १५ दिने भैसकेको थियो । कार्यकारी प्रमुखको १५ दिने विदेश यात्रा सामान्य मानिदैन। तर, यस्तै असामान्य काम गरेर नै यहाँ आइपुगेका प्रचण्डका लागि यो पनि असामान्य काम हैन।
यो १५ दिनमा नेपालको सत्ता राजनीतिमा धरै किसिमको खिचडी पकाउने प्रयत्न भएको छ । कति पाक्यो, कति पाकेन, त्यसको पर्दाचाँहि आउने केही दिनमा क्रमश: खुल्दैजाला । अहिले भने प्रधानमन्त्री प्रचण्डको खासगरी उत्तरी छिमेकी चीनको भ्रमणको सफलतालाई लिएर परस्पर विरोधी क्रिया प्रतिक्रियाको बाढी आएको छ। प्रचण्ड, उनको पार्टी र सत्ता साझेदारले यो भ्रमणलाई सफल भएको दाबी गरिइरहेका छन् भने प्रमुख प्रतिपक्षी एमालेलगायतका अन्य दक्षिणपन्थी दलहरू त्यसको खण्डनमा लागेका छन् । नेपाली मिडियामा दाबी अनि खण्डनको मिडिया ट्रायल जारी छ ।
तर, सत्य के हो भने केही समययता एक किसिमको सन्देहमा रहेको नेपाल-चीन सम्बन्ध एकजना प्रधानमन्त्रीको सप्ताहव्यापी भ्रमणकै आधारमा परिवर्तन हुने सम्भावना छैन। नेपालको सरकार सत्ता जोगाउन भारत र अमेरिकी कित्तामा गएर आफ्नो विपक्षमा उपयोग भइरहेको त छैन भन्ने चीनलाई लागेको छ । यही संशयका कारण चीन नेपालसँग त्यति खुशी देखिएको छैन र उसले पनि बीआरआईलगायतका प्रतिक्रियात्मक योजनाहरू अगाडि सारेर नेपाललाई टसमस गर्न नसक्ने अवस्थामा पुर्याइरहेको छ ।
अहिले नेपाल यही अप्ठ्यारो स्थितिमा छ । नेपाल भौगोलिक रूपमा अत्यन्तै रणनीतिक महत्वको भूगोलमा आइपुगेको छ । श्वेत सर्वोच्चता खिइँदै गएर त्यसको ठाउँ लिन एसियाका दुई ठूला राष्ट्र भारत र चीन तँछाडमछाड गरिरहेका छन् ।
यो छिनाझम्टीमा तुलनात्मक रूपमा कमजोर देखिएको भारतलाई अमेरिकी धाप मिलेको छ । चीनलाई साइजमा ल्याउन भारतलाई धाप दिनु अमेरिकाको बाध्यता बनेको छ । यसरी विश्व शक्ति समीकरण पेचिलो बन्दै गएको यतिबेला भौगोलिक रूपमा चीन र भारतबीच भूपरिवेष्ठित अवस्थितिमा रहेको नेपाल एक किसिमको फरक खाले ‘बफर जोन’मा धकेलिएको छ ।
एकातिर भारत–अमेरिकाका क्रियात्मक स्वार्थ छन् भने अर्कोतिर चीनका प्रतिक्रियात्मक स्वार्थ छन् । नेपालको राजनीतिक फेरि एकपटक चरम तरल अवस्थामा धकेलिएको छ । यो अस्थिरताले नेपाल राष्ट्रका रूपमा अत्यन्त कमजोर अवस्थामा पुगेको छ । आन्तरिक रूपमा अस्थिर र कमजोर भएको यो अवस्थालाई भारतले नजिकबाट हेरिरहेको छ । अमेरिकाबाट पनि नेपाललाई भारतकै आँखाबाट हेर्ने भएकाले उसले पनि नेपालको अवस्था छ्याङ्गै देखेको छ ।
नेपालको यो तरल अवस्थाबाट फाइदा उठाउँदै भारत–अमेरिकाले नेपालमा ठूलो दबाब बढाएका छन् । अवस्था यस्तो छ कि भारतले आफ्नो आशीर्वादबिना नेपालमा कोही पनि प्रधानमन्त्री नै नहुने अवस्था सिर्जना गरेको छ । यसका लागि अमेरिकाले पनि होस्टेमा हैँसे गरिदिँदा उसको सौदाबाजी तह उकासिएको हो । हुँदाहुँदा स्थिति यस्तो बनेको छ कि नेपालको सरकारले भारत र अमेरिकालाई खुशी पार्न अतिरिक्त सौदाबाजी गर्नुपर्ने स्थिति छ । भारतलाई जलशक्तिमा एकाधिकार दिने, अमेरिकालाई ढिलोचाँडो यो वा त्यो नाममा अमेरिकी सैनिक शिविर खडा गर्ने ठाउँ दिनुपर्ने बाध्यता बन्दैछ ।
भारत र अमेरिकालाई यी सबै नदिई नेपालमा सरकारमा पुग्न र टिक्न नसिक्ने अवस्था सिर्जना भएको छ । यसरी सत्तामा पुग्ने र टिक्नेले चीनको स्वार्थलाई सम्बोधन गर्न नसक्दा नेपाल–चीन सम्बन्धमा विश्वासको खाडल गहिरिदै गएको छ ।
यही क्रममा नजानिदो पाराले चीनले उत्तरी नाकामा कडाइ गरेर होस् वा नेपालका विकास आयोजनाबाट क्रमशः हात झिकेर होस्, आफ्नो बेखुशी देखाउन थालेको छ । यही क्रममा उसले रणनीतिक रूपमा बीआरआईको नयाँ विकास साझेदारी मोडल ल्याएर नेपाललाई अप्ठ्यारो पारिदिएको छ ।
नेपाललाई बीआरआईमा जान नदिन अमेरिका र भारत त लागेकै छन्, नेपालमा रहेका उनीहरूका पृष्ठपोषक दल र विचार निर्माता पनि न्वारानदेखिको बल लगाएर भिडिरहेका छन् । अहिले नेपालमा यस्तो बल निकाल्ने शक्तिको समर्थन बिना सरकार बन्न र टिक्न नसक्ने स्थिति भएकाले यो वा त्यो नामका कम्युनिष्ट पार्टीका प्रधानमन्त्री हुँदा पनि नेपालको सरकारले केही गर्न सकेको छैन, सक्दैन ।
नेपालका कम्युनिष्टको यही लाछिपनबाट आजित चीनले नेपालमा भरपर्दो राजनीतिक शक्तिको साथ पाउन सकेको छैन । नेपालका कम्युनिष्टलाई फुट्न नदिन र जुटाउन गरेको उसको प्रयास पनि विफल हुँदै आएको छ ।
प्रचण्ड अझै पनि नेपालमा माओवादी नामकै पार्टीका अध्यक्ष हुन् र निरन्तर शक्ति ह्रास हुँदा पनि आफ्नो औचित्य कायम गरिरहेकै छन् । यस्तो अवस्थामा नेपालको प्रधानमन्त्रीकै रूपमा प्रचण्ड फेरि एकपटक चीन पुगेका छन् । चीनले पनि उनको यो भ्रमणलाई विशेष महत्व दिएर नेपालसँग संशयमा परेको सम्बन्धलाई ट्रयाकमा ल्याउन चाहेजस्तो देखिएको छ ।
राष्ट्रपति सीले ह्वाङचउमै प्रचण्डलाई भेटेर नेपाल र चीनबीचको सम्बन्धको इतिहास र महत्व सम्झाएका मात्र छैनन्, अप्रत्यक्ष रूपमा बीआरआईमार्फत् नै अगाडि बढ्न दबाब बढाएका छन् । बेइजिङमा नेपाल-चीनबीच भएको १३ बुँदे समझदारी भने त्यसैको आलोकमा भएको छ ।
जे भए पनि चीनसँगको आफ्नो, पार्टीको र नेपालको सम्बन्धका तीन आयामका बारेमा जानकार प्रचण्डले तीनै तहको सम्बन्धमा सुधार ल्याउन प्रयत्न गरेको देखिन्छ । उनले कम्तीमा पनि नपाल चीनलाई अप्ठ्यारो पर्ने गरी अमेरिका र भारतको स्वार्थसिद्ध गर्न लाग्ने छैन भन्ने कोणबाट केही विश्वस्त पारेजस्तो देखिन्छ । एकैपटकमा चीन विश्वस्त हुने आधार थिएन र छैन पनि । नेपालको तरल राजनीतिक परिदृश्य र पछिल्लो भूराजनीतिक जटिलतालाई मध्यनजरमा राख्ने हो भने नेपालको प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा हसिल गर्ने अधिकतम कुरा भनेको यति नै हो । यस कोणबाट हेर्दा प्रधानमन्त्रीको चीन भ्रमणलाई असफल भन्न सकिन्न । जहाँसम्म सफलताको कुरा छ, नेपाल चीनसँग माग्ने अवस्थामा मात्रै छ । एकपक्ष माग्ने अवस्थामा हुने अनि अर्को पक्ष दिने अवस्थामा हुने समीकरणमा माग्ने पक्षले धेरै पायो भने सफल हुने हो, यस कोणबाट हेर्दा नपालले एकतर्फि रूपमा धेरै पाएकै छ । यो कोणबाट हेर्दा प्रचण्डको चीन भ्रमण सफल नै हो । स्वागत-सत्कार र तिर्थाटनको कोणबाट हेर्दा त यो भ्रमण मनमोहक नै देखिन्छ ।
उता प्रचण्ड चीनमै रहेका बेला नेपालमा भने उनले के के गर्ने हुन् भनेर बढेको संशयको पारो बिस्तारै घट्दैछ । खासगरी सबैभन्दा ठूलो सत्ता घटक कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेमा सबैभन्दा ठूलो संशय पैदा भएको थियो । कांग्रेसलाई प्रचण्डले चीनलाई खुशी पार्न भारत–अमेरिका खुशी नहुने केही तलमाथि गरिदेलान् कि भन्ने चिन्ता थियो भने एमालेलाई त्यसो गरेर चीनसँग आफूभन्दा प्रचण्ड बढी नजिक होलान् कि भन्ने टाउको दुखाइ।
नेपालको यो मनोदशालाई भारत र भारतीय आँखाबाट अमेरिकाले पनि सूक्ष्म रूपमा हेरिरहेकै छ। त्यसका लागि नयाँ दिल्लीमा मात्र हैन, काठमाडौंमा पनि खेतालाहरूको लामै लाम लागेको छ । उनीहरू कसरी प्रचण्ड भारत–अमेरिका स्वार्थविरूद्ध चीनतिर झुकेको भाष्य निर्माण गरेर उनलाई सत्ताच्युत गर्न चाहन्छन्। त्यो भाष्य उनीहरू प्रचण्डका लागि मात्र हैन, त्यसपछि आलोपालोमा कांग्रेस सभापति देउवाभन्दा अगाडि प्रधानमन्त्री हुने लाइनमा रहेका अर्का कम्युनिष्ट नेता नेकपा एस अध्यक्ष नेपालका लागि पनि निर्माण गर्न लाग्नेछन् ।
ओलीको शक्ति नै अस्थिरता हो । उनी अस्थिरतामा खेल्ने एक लिच्चड खेलाडी हुन् । जति जति नेपालमा अस्थिर अवस्था सिर्जना हुन्छ, त्यति त्यति नै ओलीको झिँगेदाउ जाग्छ । सत्तारूढ गठबन्धन राम्ररी पाँच वर्ष चल्यो भने ओलीको कुनै दैया चल्दैन । यसपटक मात्र हैन अब कहिलै पनि उनका लागि सिंहदरवार ‘सम्झने पानी छम्कनेजस्तै’ हुन्छ । तर, देशमा राजनीतिक अस्थिरता पैदा भयो वा ओली त्यसो गर्न सक्षम भए भने उनको दिन फिर्छ ।
यदि उनीहरूले सानोभन्दा सानो पनि त्यस्तो ठाउँ पाएर भारत–अमेरिकालाई भड्काउन सके भने नेपालमा सरकार परिवर्तन हुन सक्छ । २०६४ सालमा पनि तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्केलगत्तै सत्ता छोड्न बाध्य भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले जे गरे पनि उनी फर्केलगत्तै नेपालको घरेलु राजनीति उनको निम्ति अनुकुल हुने देखिँदैन । सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारमा पुग्न हतार छ । ऊ सरकारमा पुगेर बालकृष्ण खाँडलगायतका नेतालाई जेलमुक्त गर्न र डा. आरजु देउवा कुनै पनि बेला जेलमा जानसक्ने त्रास हटाउन चाहन्छ ।
कांग्रेसभित्रको संस्थापन र संस्थापनइतर दुबै प्रचण्ड सरकार हटाउने कुरामा एकगठ छन् । तर, त्यसपछि के ? कसको संख्याले सरकारमा टिक्ने? अहिलेको सत्ता गठबन्धनको अंकगणितबाहेक अर्को कुनै संख्याले कांग्रेसलाई सत्तारोहण गराउने हैन । त्यसका बारेमा कांग्रेसले राम्ररी हिसाबकिताब गरेजस्तो देखिँदैन ।
कांग्रेसको यो अतिरिक्त दुस्प्रयत्नले सत्तारूढ गठबन्धनभित्रै कलह सिर्जना हुनेछ । यसबाट प्रचण्ड पछाडि र देउवा अगाडि प्रधानमन्त्री हुने पालोमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रधानमन्त्री हुने सम्भावना कम बनाउँछ । तर, प्रचण्डले मिसन २०८४ को सहयात्री जोगाउन पनि उनको पक्षमा अडान लिए भने कांग्रेसको दैया चल्दैन ।
कांग्रेसका लागि उसको नेतृत्वको सरकार कुर्न जति कष्टप्रद छ, सत्तारूढ गठबन्धनका खासगरी कम्युनिष्ट घटकलाई कांग्रेस नेतृत्वको सरकारको बाँकी समय पर्खन पनि त्यत्तिकै कष्टसाध्य हुनेछ । २०८४ को चुनावमा अरू थुप्रै चुनावी मुद्दाले प्रवेश गर्दा पनि सत्ता राजनीति अरू पेचिलो बन्नेछ ।
प्रचण्डको चीन भ्रमणलाई एमाले अध्यक्ष ओलीले गिद्धले सिनो हेरेजस्तै आँखा गाडेर हेरिरहेका छन् । उनी यो भ्रमणलाई यो वा त्यो नाममा बदनाम गर्न, असफल बनाउन, कांग्रेसलाई चुक्ली लगाएर सत्ता गठबन्धन भत्काउनदेखि भारतलाई भड्काउनसम्म समय कुरेर बसेका छन् । उनी सारा तिकडम लगाएर यो भ्रमणलाई सत्तारूढ गठबन्धन भत्काउने मौकाका रूपमा प्रयोग गर्न चाहन्छन् ।
कामना गरौँ, विगतमा जस्तो नेपालका प्रधानमन्त्रीको चीन भ्रमण प्रधानमन्त्री प्रचण्डका लागि ‘आयो निधुली तेरो कालजस्तो’ नहोस् । देशको कुटनीतिको पछिल्लो आन्तरिक तथा वाह्य डाइनामिक्सहरूप्रति सबै जिम्मेबार र सचेत हुन सकुन् । घरमा आगो लगाएर छिमेकी गुहार्दा उत्तरको छिमेकी गुहारे पनि दक्षिणको छिमेकी गुहारे पनि घर त आफ्नै स्वाहा हुने हो ।
उनी जसरी पनि माधव नेपाललाई प्रधानमन्त्री हुन नदिन र प्रचण्डलाई छिटोभन्दा छिटो सत्ताबाट बाहिर ल्याउन भिड्नेछन् । यसका लागि उनले कांग्रेसलाई बाँकी अवधिका लागि प्रधानमन्त्रीमा समर्थन गर्न पनि सक्छन् । तर, ओली कति अविश्वसनीय छन् भन्ने कुरा सारा नेपाललाई थाहा छ । कांग्रेस सभापति देउवाले त पछिल्लोपटक पाएको ‘तीन बजेको’ धोका झलझली सम्झिरहेकै होलान् ।
ओलीको शक्ति नै अस्थिरता हो । उनी अस्थिरतामा खेल्ने एक लिच्चड खेलाडी हुन् । जति जति नेपालमा अस्थिर अवस्था सिर्जना हुन्छ, त्यति त्यति नै ओलीको झिँगेदाउ जाग्छ । सत्तारूढ गठबन्धन राम्ररी पाँच वर्ष चल्यो भने ओलीको कुनै दैया चल्दैन ।
यसपटक मात्र हैन अब कहिलै पनि उनका लागि सिंहदरवार ‘सम्झने पानी छम्कनेजस्तै’ हुन्छ । तर, देशमा राजनीतिक अस्थिरता पैदा भयो वा ओली त्यसो गर्न सक्षम भए भने उनको दिन फिर्छ ।
त्यसपछि उनले मुलुकलाई थप अस्थिरतामा धकेल्छन् । बहुमत दिँदा हुकुमी शासन चलाउने, नपाउँदा संसद् नै भंग गर्ने अनि अल्पमतमा हुँदा संसद् नै चल्न नदिने र चलिहाले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा हलो अड्काएर गोरू चुट्ने ओली प्रवृत्ति नै हो ।
उनको यही प्रवृत्तिका कारण संविधान आएको आठ वर्ष भैसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । खासगरी सुरुदेखि नै संघीयता मन नपरेका ओली यो वा त्यो बहानामा संघीयता लागू हुन नदिन न्वारानदेखिको बल लगाउने र लागू नै नभई असफल भएको भन्ने भाष्य निर्माण गर्न लागिपरिरहेका छन् ।
समग्रमा बढ्दो सत्ता राजनीतिक अस्थिरतासँगै प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्केलगत्तै उनलाई सत्ताबाट हटाउन चौतर्फी आक्रमण हुनेछ । त्यसका लागि काठमाडौंमा मात्र हैन, नयाँदिल्लीमा समेत प्रयत्न गरिनेछ । त्यो प्रयत्नमा कम्युनिष्ट विरोधी त लाग्छन् नै, केपी ओलीजस्ता ’वयलगाडे’ कम्युनिष्ट पनि भिडेर लाग्नेछन् । यो प्रहारबाट प्रचण्ड बच्छन् कि बच्दैनन्, त्यो भने समयको ऐनामै हेर्नुपर्नेछ ।
कामना गरौँ, विगतमा जस्तो नेपालका प्रधानमन्त्रीको चीन भ्रमण प्रधानमन्त्री प्रचण्डका लागि ‘आयो निधुली तेरो कालजस्तो’ नहोस् । देशको कुटनीतिको पछिल्लो आन्तरिक तथा वाह्य डाइनामिक्सहरूप्रति सबै जिम्मेबार र सचेत हुन सकुन् । घरमा आगो लगाएर छिमेकी गुहार्दा उत्तरको छिमेकी गुहारे पनि दक्षिणको छिमेकी गुहारे पनि घर त आफ्नै स्वाहा हुने हो ।