विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरूले आज पनि आन्दोलन जारी राखेका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्।
शिक्षकहरूकाे आन्दोलनले माइतीघर-नयाँ बानेश्वर सडक अस्तव्यस्त भएकाे छ। उनीहरूले सडक नै ढाकेर प्रदर्शन गर्दा काठमाडौँको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ।