पर्यटनमन्त्रीले जहाज पठाउँदा पनि फर्किन मानेनन् डाक्टरहरू

मुगुकाे ताल्चा विमानस्थलमा अलपत्र रहेका डाक्टरहरूलाई लिनकाे गएकाे नेपाल वायुसेवा निगमकाे जहाजकाे यात्रा गर्न अस्वीकार गरेका छन्।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीकाे निर्देशनमा पठाइएकाे जहाजमा मुगुमा अलपत्र रहेका १६ जना डाक्टर फर्किन नमानेका हुन्।

उनीहरूले निगमकाे जहाजमा फर्किन नमानेपछि समिट एयरले आफ्नै अर्को जहाज पठाएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाकाे लागि शुक्रबार मुगु पुगेका १६ जना डाक्टरहरू ताल्चा विमानस्थल हुँदै नेपालगञ्ज फर्किने क्रममा माओवादी नेताहरू फर्किएपछि उनीहरूकाे अलपत्र पारेका थिए।


‘डाक्टर भएपछि डाक्टरकै हैसियतमा बस्नुपर्छ, केटाकेटीजस्ताे गर्ने हाेइन’

माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे

मुगुमा माओवादी नेताले अलपत्र पारेका डाक्टरहरुलाई लिन पर्यटनमन्त्रीले पठाए अर्काे जहाज

प्रकाशित मिति: : 2023-09-26 16:02:00

प्रतिकृया दिनुहोस्