मुगुकाे ताल्चा विमानस्थलमा अलपत्र परिएका चिकित्सकहरुलाई लिनकाे लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीकाे निर्देशनमा नेपाल वायु सेवा निगमकाे जहाज पठाइएकाे छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाकाे लागि शुक्रबार मुगु पुगेका १६ जना चिकित्सकहरु ताल्चा विमानस्थल हुँदै नेपालगञ्ज फर्किने क्रममा माओवादी नेताहरुले उनीहरुकाे टिकट खाेसेर अलपत्र पारेका थिए।
माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादवसहित टाेलीकाे लागि भन्दै समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले पाँच जना चिकित्सकहरुकाे टिकट खाेसेका थिए।
पाँच जनाकाे टिकट खाेसिएपछि चिकित्सककाे टाेली बिराेध जनाएर विमानस्थलमै बसेकाे थियाे।
यसरी चिकित्सकहरु विमानस्थलमा अलपत्र पारिएकाे खबर पाएलगत्तै मन्त्री किराँतीलकाे उनीहरुलाई लिन नेपाल वायुसेवा निगमकाे जहाज पठाउका छन्।
माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे