दाङको तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।शुक्रबार साँझ करिब साढे ५ बजे प्र ३-०१-००६ ख ०९५७ नम्बरको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
घाइतेकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको छ।
बस सडक छेवमै पल्टिएको छ।
घाइतेको विवरण
१– जिल्ला दाङ तुलसीपुर ८ बस्ने बर्ष १८ कि अन्जली केसी
२– ऐ. १७ बस्ने बर्ष ४० को महेन्द्र बस्नेत,
३– ऐ. १९ बस्ने बर्ष २८ को भिमकान्त महरा,
४– ऐ ८ बस्ने बर्ष २४ को बिन्जन केसी,
५– ऐ. बस्ने बर्ष ४६ को देव बहादुर केसी ,
६– ऐ. ७ बस्ने बर्ष ३७ कि भिम कुमारी बिक ,
७– ऐ. ५ बस्ने बर्ष ३७ कि सबिना बुढा,
८– ऐ. २ बस्ने बर्ष १८ कि ममता नेपाली,
९– ऐ. बस्ने बर्ष १८ कि समिक्षा शर्मा,
१०– जिल्ला रोल्पा गंगादेव गापा १ बस्ने बर्ष २२ को यामलाल वली,
११– ऐ. माडी गापा १ बस्ने बर्ष २० को दल बहादुर बिक ,
१२– जिल्ला सल्यान बागचौर न।पा।५ बस्ने बर्ष १९ को मोहन केसी ,
१३– ऐ.ऐ. बस्ने बर्ष २४ को भरत डाँगी ,
१४– ऐ. ३ बस्ने बर्ष २९ को सुशिल ढकाल,
१५– ऐ. छत्रेश्वरी गा.पा.२ बस्ने बर्ष २८ को रमेश केसी ,
१६– ऐ. १ बस्ने बर्ष ३० को गणेश चन्द,
१७– जि. दाङ तुलसीपुर १५ बस्ने बर्ष २० दिपु बस्याल