बिएल संवाददाता
काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ।
पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरिन्।
समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५औँ पुण्यतिथि पारेर प्रकाशन गरिएको तुलाराम पाँडेको श्रद्धाञ्जली पुस्तिका विमोचन गरिन्। पाँडेकाजी खलकले तत्कालीन गोर्खा र कान्तिपुर (काठमाडौँ) राज्यको एकीकरणमा उनको भूमिकालाई स्मरण गरेका थिए।
'विगत केही वर्षदेखि हामीले इन्द्रजात्राका दिन तुलाराम पाँडेलाई सम्झिने गरेका छौँ। उक्त दिन उहाँको तलेजु मन्दिरमा हत्या भएको थियो', विक्रम पाँडेकाजीले भने, 'कालु पाँडेका बारेमा इतिहासमा केही लेखिए पनि उहाँका भाई तुलाराम पाँडेको इतिहास गर्भमा नै विलीन भएको छ।'
समारोहमा डा.केके पाँडेकाजीले विसं १८२५ को इन्द्र जात्राको दिन भएको तुलाराम पाँडेको देहान्तबारे जानकारी दिँदै भने, 'काठमाडौँ जीतलगत्तै मल्लको सिंहासन एकछिन नछोडी बसेका राजा पृथ्वीनारायण शाह आफू नगई सेनापति काजी तुलाराम पाँडेलाई इष्टदेवी तुलजा भगवानको क्षमा आराधना गर्न पठाउनुभयो। तुलारामको तलेजु भवानीको आँखै अगाडि प्राण पखेरु उडाइयो।'
तत्कालीन गोर्खा राज्यबाट कान्तिपुर राज्यमा महावाणिज्यदूत बनेका तुलाराम पछि गोर्खाका आवासीय राजदूतसमेत बनेका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया