साफ यु–१९ फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ।
बिहीबार दशरथ रंगशालमा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको हो। पाकिस्तानको लागि खेलको ६६ मिनेटमा अलि जफरले गोल गरेर पाकिस्तानलाई सफलता दिलाए।
पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरे। २७औं मिनेटमा शाह जहानको फ्रिकीक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाए।
नेपालले अब सोमबार मालदिभ्ससँग खेल्ने छ।