संविधान दिवसकाे अवसरमा सांसदले बाँडिन न्यानाे कपडा

प्रतिनिधि सभा सदस्य छिरिङ लामा ल्यामु तामाङले संविधान दिवसकाे अवसर पारेर कर्णाली मावि अनामनगरका बहिरा विद्यार्थीलाई न्यानाे कपडा बाँडेकी छन्। 

उनले स्कुलकाे छात्रबासमा बस्ने ३८ जना विद्यार्थीलाई न्यानाे जकेट वितरण गरेकी हुन।

'मैले संविधान दिवस बाेल्न नसक्ने बालबालिकासँग मनाएँ,' सांसद छिरिङले भनिन्, 'असिम माया देखाएका बालबालिकालाई आगामी दिनमा पनि सहयाेग गरिरहने छु।' 

संविधान दिवसकाे दिन सांसदले स्कुलका बाेल्न नसक्ने बालबालिकाकाे मुहारमा खुसी ल्याएकाे शिक्षक विरेन्द्र बुढथापाले बताएका छन्।

उनले भने, 'हाम्राे छात्रबासमा बसेका विद्यार्थीलाई उहाँकाे सहयोगले खुसी बनाएकाे छ। यस्ता सहयोगी हातहरु भेटिएकाे खण्डमा बच्चाहररू कहिले पनि निराश हुनुपर्ने छैन।'

प्रकाशित मिति: : 2023-09-21 07:19:00

प्रतिकृया दिनुहोस्