राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य प्रकाशकुमार कुसारी (सम्राट) निमित्त सदस्य सचिव बनेका छन्।
१९औँ एसियन खेलकुदमा सहभागी हुन चीन प्रस्थान गर्नुअघि सदस्य सचिव टंकलाल घिसिङले कुसारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका हुन्।
कुसारीलाई असोज ३ गतेदेखि नै लागू हुने गरी जिम्मेवारी हस्तान्तरण गरेको सदस्य सचिव घिसिङले जनाएका छन्।
१९औँ एसियन खेलकुद चीनको होङ्जाओमा शनिबारदेखि सुरु हुँदैछ। जसमा करिब दुई दर्जन खेलमा नेपाली खेलाडीहरुले भाग लिँदैछन्।