एसिया कप उपाधिको लागि आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।
आइतबार श्रीलंकाको आर प्रेमदासा स्टेडियममा खेल समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ। सुपर फोरमा भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो भने श्रीलंकाले पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।
भारत आज आठौँ पटक एसिया कप जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। उता, श्रीलंका पनि सातौँ पटक कप जित्ने लक्ष्यका साथ आउने छ। ६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए।