नेपालभाषाको म्युजिक भिडियो 'मां' काे प्रिमियर हुँदै

नेपालभाषाको नयाँ म्युजिक भिडियो 'मां' काे विशेष प्रिमियर कार्यक्रम हुने भएको छ। 

आराधाना संगीत समूह ख्वपको आयोजनामा कार्यक्रम शानिबार हुने भएकाे हाे। 

भिडियोग्राफीमा आफ्नो कुशल कार्य दक्षता प्रस्तुत गर्न सफल भिडियोग्राफर तथा भिडियो सम्पादक योवन शाक्य पछिल्लो समयमा भिडियो निर्देशनमा पनि सक्रिय देखिएका छ्न्।

शाक्यले हालै विभिन्न शर्ट मुभीहरूसंगै म्युजिक भिडियोहरूको निर्देशनमा आफ्नो दखलता देखाउन सफल एक युवा निर्देशकको रुपमा चिनिएका छन्।

त्यस्तै शाक्यकै निर्देशनमा सार्वजनिक हुने 'मां' शिर्षकको म्युजिक भिडियोको प्रीमियर हुने कुराको जानकारी दिएका छन्। विजेन्द्र चवलको स्वरमा वरिष्ठ संगीतकार अमर राज राजोपाध्यायको संगीत रहेको छ। 

अर्टोम्युज स्टुडियोमा गीतको रेकर्डिङ गरिएको थियो भने अनिश शाक्यको शब्द, जुगल डंगोलको मिक्सिङ तथा संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा कलाकारहरु सुजन मानन्धर र रुपा महर्जनको साथमा बालकलाकारहरु आरभ महर्जन, ओस्मी रन्जित र सेड्रीना महर्जनको अभिनय देख्न पाइनेछ। 

पुष्पा महर्जनको फोटोग्राफी रहेको र भिडियोका कलाकारहरुलाई श्रृंगार्ने काम भने सुश्मा परियारले गरेका हुन् भने भेषभुषाको व्यवस्थापन साज स्टाइलका सजना महर्जनले गरेका छन् र निर्माण व्यवस्थापनको जिम्मा भने आजभोली निकै नै व्यस्त मानिने उजय शाहीले लिएका छन्। 

राज्य लक्ष्मी महर्जनको परिकल्पनामा निर्माण भएको भिडियोलाई छायांकन, सम्पादन अनि कलरको काम दिनेश महर्जनले गरेका छन्।

प्रकाशित मिति: : 2023-09-15 11:12:00

प्रतिकृया दिनुहोस्