ललितपुरको ऐतिहासिक भीमसेन जात्रा सम्पन्न भएको छ।
व्यापारी, व्यवसायीहरुको देवताका रुपमा पुजिने भीमसेनको खट जात्रा शुक्रबार सम्पन्न
वर्षेनी भाद्र कृष्ण नवमीका दिन मनाइने जात्रामा मंगलबजारस्थित भीमसेनको मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा गराउने गरिन्छ।
खटलाई बोकी मंगलबजारबाट सौगलहुँदै सुन्धारा–महाबौद्ध–चक्रबहिल–इखालखु–पूर्णचण्डी–पिम्बहाल–नकबहिल–बगलामुखी–स्वथ हुदै पुनः मंगलबजारमा भीमसेन मन्दिरको मुल डबलिमा पुगेर जात्रा समापन हुन्छ।