सोमबार, १५ डिसेम्बर २०२५

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार

News Image
• • •

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रूपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले घटेर एक हजार चार सय १० रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!