मन्दिरा अधिकारी
सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै चिकित्सा शिक्षा सरोकार संर्घष समितिले प्रदर्शन गरेको छ।
आन्दोलनको २५ औँ दिनमा मंगलबार संघर्ष समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म थाली बजाउँदै, शंख फुक्दै तथा सिठ्ठी बजाएर प्रदर्शन गरे।
देशमा भएको चिकित्सा शिक्षा बन्द गरेर बिदेशी चिकित्सा शिक्षालाई पोस्ने गरि नीति नियम बनाउँदा नेपालका विद्यार्थीहरु विदेशीन बाध्य बनाएको संघर्ष समितिको आरोप छ।
संघर्ष समितिका संयोजक निर्मल सापकोटाले गोविन्द केसीको मागअनुसार आएको नीतिका कारण आफुहरु सडकमा आउनुपरेको बताए।
‘डाक्टर गोविन्द केसीको अनशनको बलमा चिकित्सा शिक्षा ऐन नियमावली बन्यो। जसकारण देशको २२८ वटा स्वास्थ शिक्षा बन्द भए। भने भारतमा १५७ वटा कलेज खोलिए जसकारण गोविन्द केसीको ठूलो साँठगाँठ भएको जस्तो लाग्छ।’ उनले भने।
सापकोटाले देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना गर्न नपाएको बताए। अहिलको चिकित्सा शिक्षा ऐनले शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको उनको भनाइ छ।




‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया