मन्दिरा अधिकारी
सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै चिकित्सा शिक्षा सरोकार संर्घष समितिले प्रदर्शन गरेको छ।
आन्दोलनको २५ औँ दिनमा मंगलबार संघर्ष समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म थाली बजाउँदै, शंख फुक्दै तथा सिठ्ठी बजाएर प्रदर्शन गरे।
देशमा भएको चिकित्सा शिक्षा बन्द गरेर बिदेशी चिकित्सा शिक्षालाई पोस्ने गरि नीति नियम बनाउँदा नेपालका विद्यार्थीहरु विदेशीन बाध्य बनाएको संघर्ष समितिको आरोप छ।
संघर्ष समितिका संयोजक निर्मल सापकोटाले गोविन्द केसीको मागअनुसार आएको नीतिका कारण आफुहरु सडकमा आउनुपरेको बताए।
‘डाक्टर गोविन्द केसीको अनशनको बलमा चिकित्सा शिक्षा ऐन नियमावली बन्यो। जसकारण देशको २२८ वटा स्वास्थ शिक्षा बन्द भए। भने भारतमा १५७ वटा कलेज खोलिए जसकारण गोविन्द केसीको ठूलो साँठगाँठ भएको जस्तो लाग्छ।’ उनले भने।
सापकोटाले देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना गर्न नपाएको बताए। अहिलको चिकित्सा शिक्षा ऐनले शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको उनको भनाइ छ।




माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया