पोखरामा विद्यार्थी आन्दोलित

पोखरामा विद्यार्थी आन्दोलित भएका छन्। पोखराको पर्यटकीय पर्यटकीय स्थल डेविडफल एक निजी कम्पनीलाई ४० वर्षका लागि दिन लागेपछि विद्यार्थी आन्दोलित भएका हुन्। 

आइतबार छोरेपाटन माविका विद्यार्थीले नगरप्रमुख धनराज आचार्य विरुद्ध विद्यार्थीले प्रदर्शन गरे। विद्यार्थीले ब्यापारीको मेयर हौ कि जनताको? भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्। 

डेविडफल अवलोकन गर्न पुग्ने पर्यटकमा उठेको पैसाको आम्दानीबाट छोरेपाटन मावि संचालनमा छ। यस विद्यालयमा अहिले २५ सय विद्यार्थी अध्ययनतर छन्। 

झन्डै ८० जना कर्मचारी–शिक्षकको तलब यसैले धानेको छ। 

प्रकाशित मिति: : 2023-09-03 16:00:00

प्रतिकृया दिनुहोस्