एनआरएनएको केन्द्रीय कोषाध्यक्षमा ठाकुर ढुंगानाले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा मध्यपूर्वबाट ठाकुर ढुंगानाले उम्मेदवारी दिने भएका छन्।

आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा ढुंगानाले पत्रकार सम्मेलनमार्फत गरेका हुन्।

ढुंगाना संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा व्यवसाय गर्दै आएका छन्। उनी एनआरएनए यूएईको निर्वतमान अध्यक्ष हुन्।

ढुंगानाले एनआरएनए यूएईमा अहिले प्रमुख संरक्षकको जिम्मेवारी पाएका छन्।

संघको एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ।

एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउन कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको पत्रकार सम्मेलनमा ढुंगानले बताए।

एनआरएनए यूएईको नेतृत्व गर्नुभन्दा अघि ढुंगाना दुई कार्यकाल आइसीसी सदस्यको जिम्मेवारीमा थिए।

ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

एनआरएनएमा श्रमिक वर्गलाई जोड्न वैकल्पिक स्रोत जुटाउने समेत उनको योजना छ।

पर्यटन व्यवसाय संग्लन ढुंगानाले नेपालको पर्यटन प्रवर्द्धनमा समेत काम गरिरहेका छन्। उनको यूएई र नेपालमा ट्राभल व्यवसाय छ।

प्रकाशित मिति: : 2023-08-29 11:12:00

प्रतिकृया दिनुहोस्