बिएल संवाददाता
उत्तरपश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन्।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा भ्यान दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका उद्धार सेवाका एक जना अधिकारीले बताएका छन्। मानसेराको माङ्ला क्षेत्रमा चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट खसेर दुर्घटना हुँदा उक्त हताहती भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीयवासी र उद्धारकर्मी घटनास्थलमा पुगेका थिए। उनीहरूलाई तत्काल अस्पताल पुर्याइएको उद्धार सेवाले जनाएको छ। दुर्घटनामा छ जना पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।
मर्मतसम्भार नगरिएका सडक एवं सवारीसाधान, लापरवाहीपूर्वक सवारी सञ्चालन, सवारी नियमको अक्षरसः पालना नहुँदा पाकिस्तानमा नियमितरुपमा सडक दुर्घटना हुने गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया