गैरआवासीय नेपाली संघ ( एनआरएनए)को आगामी निर्वाचनमा काँग्रेस पक्षले आफ्ना उम्मेदवार टुंगो लगाएको छ। प्रजातान्त्रिक पक्षधरबाट अब जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्।
हिजो बेलुकासम्म अध्यक्षमै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डाक्टर केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्।
अन्य पद सबै मिलाउने जिम्मा पौडेलले पाएका छन्। ‘अध्यक्षमा महेशजीलाई पठाउने निर्णय भयो। अरु पदाधिकारी क-कसलाई पठाउने भन्ने सबै जिम्मा केशवजीलाई दिनेगरी सहमति भएको छ,’ बैठकमा सहभागी एक जनाले भने।
महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीलाई पठाउने निर्णय भएको छ।
नेकपा (माओवादी केन्द्र)निकट आर.के शर्मा र नेकपा (एमाले)निकट वर्तमान अध्यक्ष बद्री केसी पनि यो पदका उम्मेदवार हुन्।