ललितपुरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

शनि शाक्य

ललितपुर

ललितपुरमा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

ललितपुरको विशेष पर्वमध्ये एक न्यकु जात्रा मतयाः को उपलक्ष्यमा शनिबार सौगल टोल सुधार समिति, यल महिला सहयोग समिति, सौग मिसापुच, विपद् व्यवस्थापन समिति सौगल को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। 

उक्त कार्यक्रममा स्वास्थ्य शिविर अन्तर्गत आँखा, हाडजोर्नी तथा नशाबाट करिब १५० बढी लाभान्वित भएको तथा खुल्ला रक्तदानबाट करिब ५० जनाबाट रगत संकलन भएको थियो। 

उक्त कार्यक्रममा सहभागिता जनाएका मानिसहरुका कारण  थप हौसला प्रदान भएको सौग मिसापुचका अध्यक्ष सुमित्रा महत कर्माचार्यले बताए। 

प्रकाशित मिति: : 2023-08-06 21:12:00

प्रतिकृया दिनुहोस्