बिएल संवाददाता
स्थापना कालको सफल एक्काईसौं वर्षपछि जुम ब्यूटी एकेडेमीले आफ्नो संस्थाको ब्राण्ड राजदुत नियुक्त गरेको छ।
नेपाली चलचित्रकी एक अब्बल, शिक्षित, विवादरहित र सामाजिक क्षेत्रमा उत्तिकै रुची राख्ने ब्यूटी विथ ब्रेन नायिका केकी अधिकारीलाई जुमले मिति २०८०/०४/१२ देखि एक वर्षका लागि आफ्नो ब्राण्ड राजदुतको रुपमा नियुक्त गरेको हाे।
नेपाली चलचित्र क्षेत्रको नक्षेत्रमा एक उच्च शिक्षित, जागरुक र सामाजिक क्षेत्रमा सक्रिय र सफल व्यक्तित्वको रुपमा स्थापित नायिका केकीलाई आफ्नो संस्थाको ब्राण्ड राजदुतको रुपमा पाउँदा आफूहरू अत्यन्त खुसी र उत्साहित भएको एकेडेमीकी संस्थापक जुनु चक्रधरले बताइन्।
नायिका केकी अधिकारीले पनि आफू जुम परिवारसँग जोडिन पाउँदा धेरै खुसी र उत्साहित भएकाे बताइन्।
नेपालमा ब्यूटी इन्डस्ट्रीको परिभाषा केवल पार्लर मात्र नभई यो एउटा स्वरोजगारयुक्त उ द्याेगकाे रूपमा पनि स्थापित हुन सक्छ भन्ने फराकिलो परिभाषाका साथै आफूलाई यस्तै धरातलमा उभ्याउन सफल जुम ब्युटी एकेडमीसँग नाता जाेडिएकाे कारण आफूलाई गौरवान्वित महसुस भएको पनि केकीले बताइन्।
नायिका अधिकारीले आफू ब्राण्ड राजदुतको रुपमा अनुबन्धित भएपछि जुमको हरेक व्यवसायिक तथा सामाजिक कार्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूले सक्दो परिचित र विस्तार गराउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई उक्त अवसर प्रदान गरेकोमा जुम ब्यूटी एकेडेमीका सञ्चालक कृशप त्वानावाशु र जुनु चक्रधरप्रति धन्यवाद र आभार प्रकट गरिन्।
विगत एक्काईस वर्षदेखी सौन्दर्यको क्षेत्रमा अबिरल र अनवरत हजारौँ महिलाहरूलाई सीपमुलक र रोजगारयुक्त बनाउन सफल जुम ब्यूटी एकेडेमीले हालसम्म आफ्नो एघारौं शाखा विस्तार गरिसकेको छ।
काठमाडौंको उपत्यकामा बालाजु, गोगंबु, स्वयम्भू, महाराजगन्ज, बौद्ध, कुपन्डोल, भक्तपुर, ग्वार्को, बनेपा, तिनकुने र कलंकीमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने आगामी दिनमा छिट्टै बार्हौं शाखाको पनि स्थापना गर्ने क्रममा रहेको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया