निर्मला हत्या प्रकरण : ५ वर्षमा ५ आईजीपी, हात लाग्यो ‘शून्य’ !

लोकान्तर

काठमाडौं

निर्मला हत्याकाण्डको ५ वर्ष बित्न लाग्दा पनि प्रहरी अनुसन्धान शून्यको स्थितिमा छ। अनुसन्धानले नयाँ पर्दा उघारेर दोषी पत्ता लगाउन सकेको छैन। 

यसबीचमा सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेस थापा क्षेत्री, धीरजप्रताप सिंह र वसन्तबहादुर कुँवर (बहालवाला) प्रहरी महानिरीक्षक (आईजीपी) भएका छन्। ५ जना आईजीपी फेरिँदासमेत निर्मला पन्तको हत्यारालाई प्रहरीले कानूनी कठघरामा ल्याउन सकेको छैन। 

झण्डै ५ वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। शुरूमा गिजोलिएको अनुसन्धान जुन स्थितिमा अड्कियो, अहिले पनि त्यही स्थितिमा छ।

शुरूको अवस्थामा दोषी देखाइएका दिलिपसिंह विष्टमाथि नै अड्किएर प्रहरी बसेको छ । तर, उनलाई अभियुक्त बनाउन पर्याप्त प्रमाण बाँकी छैन । न दोषी पत्ता लाग्छ, न यो प्रकरण सेलाउन सकेको छ ।

प्रकाशित मिति: : 2023-07-21 15:45:00

प्रतिकृया दिनुहोस्