डा. प्रदीप भट्टराई
फिफा महिला विश्वकप २०२३ सुरु हुन केही घन्टाअगाडि सह-आयोजक राष्ट्र न्युजिल्यान्डको अकल्यान्डमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित छजना घाइते भएको बताइएको छ ।
नेपालीहरूको बाक्लो उपस्थिति रहेको अकल्याण्डको यो अप्रिय घटनामा कोही पनि नेपाली नपरेको न्युजिल्याण्ड नेपाली समाजका सचिव डा. सुनिल ढकालले बताए । अकल्याण्डमा ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै उनले भने, 'विश्वकप आयोजक सहरमा उद्घाटनकै दिन यस्तो अप्रिय घटना हुनु दु:खद हो ।'
घटना सहरको मुख्य व्यवसायिक केन्द्रमा भएको बताउँदै सचिव डा. ढकालले प्रहरीका अनुसार घटनामा बन्दुकधारीको पनि मृत्यु भएको जानकारी दिए ।
विश्वकप आयोजक सहरमा उद्घाटनकै दिन यस्तो अप्रिय घटना हुनु दु:खद हो । तर, सन्तोषको विषय घटनामा कोही पनि नेपाली दाजुभाइ तथा दिदीबहिनी पर्नु भएको छैन । जो पर्नुभयो, उहाँहरूको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाइतहेरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
- डा. सुनिल ढकाल, सचिव, न्युजिल्याण्ड नेपाली समाज
उनले घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै प्रधानमन्त्री त्रिस हिपकिन्सले घटनाक्रमको आतंकवादसँग सम्बन्ध नभएको बताएको पनि जनाए। प्रधानमन्त्रीले न्युजिल्याण्डका जनता र संसारभरका फुटबलप्रेमीहरूलाई आश्वस्त पार्दै विश्वकप महिला फुटबल पूर्वनिर्धारित कार्यक्रअनुसार नै अगाडि बढ्ने बताए ।
फिफा महिला विश्वकप २०२३ जुलाइ २० देखि अगष्ट २०सम्म अष्ट्रेलिया र न्युजिल्याण्डले सहआयोजना गर्दैछन् । महिला फुटबलरहरूको एक महिनासम्म चल्ने यो यो महाकुम्भमा ३२ देशको सहभागिता रहेको छ ।
उद्घाटन खेल न्युजिल्यान्डको अकल्याण्डमा सह-आयोजक न्युजिल्यान्ड र नर्वेबीच र अस्ट्रेलियाको सिड्नीमा अर्को आयोजक अष्ट्रेलिया र गणतन्त्र आयरल्यान्डबीच हुँदैछ । दुई देशका विभिन्न नौ सहरमा आयोजना हुने प्रतियोगितामा अस्ट्रेलियाले ३५ र न्युजिल्यान्डले २९ खेल आयोजना गर्नेछन् ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया