काँग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मको लागि स्थगित

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलिसम्मको लागि स्थगित भएको छ।

पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठक भोलि (बुधबार) बिहान ११ बजेसम्मको लागि स्थगित भएको सभापति शेरबहादुर देउवाले जानकारी दिए।

दिउँसो साढे १ बजेबाट सुरु भएको बैठकको पहिलो दिन महामन्त्री गगनकुमार थापाले वार्षिक क्यालेन्डरसहित विभिन्न प्रस्तावहरु पेश गरे।

आजको बैठकमा नेताहरुले एमाले–माओवादीबीचको गठबन्धन फुटाएर पार्टीलाई सरकारमा सहभागी बनाउने वातावरण सिर्जना गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए।

प्रकाशित मिति: : 2023-07-18 16:22:00

प्रतिकृया दिनुहोस्