आइतबार, ०५ अप्रिल २०२६

नगरकोटमा मोटरसाइकल चालकमाथि हातपात गर्ने कार चालक पक्राउ

News Image
• • •

मोटरसाइकल चालकहरूमाथि कुटपिटमा संलग्‍न एक कार चालक पक्राउ परेका छन्।

बिहीबार भक्तपुरको चाँगुनारायण–६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।

विपरित दिशाबाट आइरहेको कारले ओभरटेक गर्ने क्रममा वादविवाद हुँदा कारमा सवार तामाङले मोटरसाइकल चालकहरूमाथि हातपात गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भिडियो भाइरल भएपछि प्रहरीले उजुरी लिएर कार चालक तामाङको खोजी तिव्र पारेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!