ललिता निवास प्रकरण: सञ्चार सचिवसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति

File Photo
File Photo

काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएकाे हाे।

बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरूलाई अदालतले यसअघि पहिलोपटक ७ दिन, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

ललिता निवास प्रकरणमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो।

प्रकाशित मिति: : 2023-07-16 15:31:00

प्रतिकृया दिनुहोस्