यी हुन् हेलिकोप्टरका ‘सञ्चालक’ पाइलट, उडान रोक्लान् कि सेयर झिक्लान्?

क्यापिटल

काठमाडौं

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिकरूपमा सर्कुलर जारी गर्दै हेलिकोप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान रोक्ने पूर्व जानकारी दियो। खासगरी मंगलबार भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनालाई सञ्चालक पाइलटसँग जोडेर प्राधिकरणले नयाँ नियम ल्याउन लागेको हो।

हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाइलट चेत गुरुङ आफै मनाङ एयरको सञ्चालकसमेत रहेकाले समय र इन्धन बचतका लागि छोटो दुरीको यात्रा तय र मौसमलाई चुनौती दिँदै उडान गर्दा दुर्घटना भएको प्राधिकरणको निश्कर्ष छ। त्यसैले अबको केही साताभित्र सञ्चालक पाइलटलाई एउटामात्र काम गर्न पाउने गरी नयाँ नियम ल्याउने तयारीमा प्राधिकरण छ।

प्रकाशित मिति: : 2023-07-13 19:04:00

प्रतिकृया दिनुहोस्