सीतालाई श्रद्धाञ्जली दिन पेरिसडाँडामा नेतादेखि कूटनीतिज्ञसम्म (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई श्रद्धाञ्जली विभिन्न व्यक्ति पुगेका छन्।

बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा मृत्यु भएकी सीतालाई दिउँसो १ बजेसम्म माओवादीको पार्टी कार्यालयलाई पेरिसडाँडामा श्रद्धाञ्जली दिएका हुन्।

श्रद्धाञ्जली दिन पुग्नेहरुमा विभिन्न दलका शीर्ष नेता, कूटनीतिक नियोगका अधिकारी, सुरक्षा प्रमुखहरु लगायत छन्। सीताको केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ।

प्रकाशित मिति: : 2023-07-12 14:18:00

प्रतिकृया दिनुहोस्