प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, बैठक भाेलिसम्म स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेका छन्।

आज दिउँसाे १ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका हुन्।

बैठकको सुरुमै एमाले भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिए।

यसअघि हिजाे बुधबार पनि प्रधानमन्त्रीकाे अभिव्यक्तिबारे आपत्ति जनाउँदै एमाले सांसदहरुले राष्ट्रियसभा बैठक अवराेध गरेका थिए।

एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भाेलि १२ बजेर २९ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेका छन्। 

प्रकाशित मिति: : 2023-07-06 13:52:00

प्रतिकृया दिनुहोस्