बिएल संवाददाता
संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमाणकारीलाई हिरासतामा लिइएको छ।
दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफलबोकेको उसले किशोरमाथि गोली हानेको थियो। फिलाडेल्फिया इन्क्वायररका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्याइएको थियो।
गोली चलेको जानकारी पाउनेवित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो। एक थान राइफल र एउटा ह्याण्डगन पनि प्रहरीले बरामद गरेको छ। घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन।
गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिएभने २८ जना घाइते भएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया