सोमबार, १५ डिसेम्बर २०२५

के तपाईलाई रातको समयमा भोक लाग्ने बानी छ? खानुहोस् यी चिज!

photo– daily anti salon finder
• • •

आजकल व्यस्त जीवनशैली र गलत खानपानका कारण स्वास्थ्यमा मात्र नभई निन्द्रामा पनि असर गर्छ। अक्सर हामी ढिलासम्म टिभी हेर्न र मोबाइल चलाउँदा भुल्छौँ अनि ढिला रातसम्म बर्गर, नूडल्स या त्यस्तो चिजको सेवन गछौँ जुन हाम्रो स्वास्थ्यको लागि हानिकारक मात्र होइन मोटोपनाको कारण पनि हुन सक्छ।

मोटोपना अहिलेको गम्भिर समस्या हो, जसले सौन्दर्यतालाई बिगार्ने मात्र होइन स्वास्थ्यमा पनि असर गर्छ। यी सबै कुरामा हामीले खाने खानाले अहम भूमिका निर्वाह गर्छ। यदि हाम्रो खाना सन्तुलित छ भने शरीरलाई मात्र नभई मोटोपनाको शिकार हुनबाट पनि बच्न सक्छौँ। त्यसैले आज हामी केहीँ हेल्दी खानाकोबारेका चर्चा गर्नेछौँ।

सुखा फलः

सुखा मेवा शरीरको लागि फाइदाजनक छ। यदि तपाईलाई रातको समयमा भोक लाग्छ भने तपाई एक मुठ्ठी बदाम, काजू र ओखर खानुहोस्। यसले तपाईको पाचनलाई पनि बलियो बनाउन मदत गर्दछ।

हर्बल टीः

कहिलेकाहीँ यस्तो हुन्छ कि रातको समय ढिलासम्म बसेपछि केहीँ पिउने मन हुन्छ। यदि तपाई रातमा केहीँ पिउन मनपर्छ भने टी पिउनुहोस्। जसले तपाई राम्रो निन्द्रा दिन्छ। 

फलफूलः

यदि तपाई रातको समयमा भोक्कै हुनुहुन्छ भने किवी, चेरी जस्ता फलको सेवन गर्नुहोस्। जसले शरीरलाई फाइदा पु¥याउनुको साथै भोक हटाउन मदत गर्दछ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!