काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानका सडक छेउ (फुटपाथ)मा फूल रोपेको छ। महानगरले फुटपाथ व्यवस्थापन अभियानअन्तर्गत काठमाडौँका सडक छेउमा फूलहरु रोपेको हो।
महानगरले कुनै–कुनै ठाउँमा जमिनमा नै फूल रोपेको छ भने कतै गमलामा फूल रोपेर हराभरा बनाएको छ। महानगरले हालसम्म बागबजार, पुतली सडक, विजुली बजारलगायतका सडक छेउमा फूलहरु रोपेको हो।
फूलहरु रोपेसँगै काठमाडौँका सडकहरु सफा र सुन्दर देखिन थालेका छन्।
तस्बिरहरु :