आइतबार, २१ सेप्टेम्बर २०२५

८औँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा सुरु

बिएल संवाददाता

बिएल संवाददाता

मस्कट (ओमान)
News Image
• • •

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८औँ मध्यपूर्व सम्मेलन ओमनको मस्कटमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलनको उद्घाटन बुधबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका हुन्।

‘अनिवार्य सामाजिक सुरक्षा, सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा तय गरेको यो भेलामा दुई दिनसम्म वैदेशिक रोजगार र श्रमिकका हकहितका बारेमा छलफल हुनेछ।

त्यस्तै भेलामा आगामी अधिवेशनलाई एकता र सद्भावको अधिवेशन बनाउने बारेमा पनि गम्भिर छलफल हुने आयोजकले जनाएको छ।

यो भेलाका लागि मध्यपूर्वका यूएई, कतार, इराक, ओमन, कुवेत, बहराइन तथा साउदीलगायतका एनआरएनएर प्रतिनिधि तथा विश्वभरि रहेका एनआरएनए पदाधिकारीहरू पनि मस्कट आइपुगेका छन्।

भेलामा सांसद रघुवीर महासेठ तथा सरकारी कर्मचारीहरू पनि नेपालबाट आएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!