पशुपतिनाथ मन्दिरको जलहरीबारे अनुसन्धान गर्न पुगेको अख्तियारको टोलीले आरती कार्यक्रम समापन भएपछि मात्रै जलहरी जोख्ने भएको छ।
विवादपछि अनुसन्धान गर्न पशुपतिनाथ मन्दिर खाली गरेको अख्तियारको टोलीले आरती सकिएपछि मात्रै जलहरी जोख्ने बताएको छ।
पशुपतिनाथकाे मन्दिरमा राखिएकाे जलहरीमा १० किलाेग्राम सुन नपुगेकाे भन्दै संसदमा नेकपा माओवादी केन्द्रका सांसदले अनुसन्धान गर्न अनुराेध गरेका थिए।
त्यस्तै केपी शर्मा ओली प्रधानमन्त्री रहेका बखत राखिएकाे उक्त जलहरीमा सुनकाे मात्र ताेकिए भन्दा काम भएकाे उल्लेख गर्दै महालेख परीक्षले पनि प्रतिवेदनमा उल्लेख गरिएकाे थियाे।