बिएल संवाददाता
नेकपा (एमाले)ले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि माओवादी सांसदले लागएको १०८ केजी सुनको गजुर साटेको आरोप लगाएपछि संसद बैठक अवरुद्ध गरेकाे छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ओलीमाथि लगाइएको उक्त आरोप पुष्टि नभएसम्म बैठक सुचारु गर्न नदिने चेतावनी दिएका छन्।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारकाे बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री रहेको बेला पशुपतिनाथ मन्दिरमा रहेको १०८ केजीको सुनको गजुरमा पित्तलको लगाएको आरोप लगाएका थिए। उनले सुनकाे गजुरकाे नाममा पित्तल राखेर ओलीले भ्रष्टाचार गरेकाे दाबी गरेका थिए।
उनले भनेका थिए,‘..उहाँ (ओली) सरकारमा बस्दाखेरि कति भ्रष्टाचारका काण्डहरु आए यती, ओम्नी, वाइडबडी, स्वास्थ सामाग्रीको २ अर्बको भ्रष्टाचार त्यति मात्रै होइन् पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाएर गरेका भ्रष्टाचारहरु हजारौँ सयौँ यस्ता भ्रष्टाचारका काण्डहरु छन्।’
सांसद दाहालको उक्त आरोपको बिरोध जनाउँदै पदम गिरीले बैठकको सुरुमा नै भने, ‘यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? सत्ता पक्षले कुनै आधारविना लागएको यो आरोप कुनै हालतमा स्विकार्य हुँदैन्।’
उनले सरकारले पशुपतिनाथमा रहेको जहरीको सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताए। ‘यो विषयको जवाफ नआएसम्म यो संसद एक इन्च पनि अगाडि बढ्न सक्दैन सभामुख महोदय,’ उनले भने।
त्यस्तै एमालेका अर्का सांसद सुवासचन्द्र नेम्वाङले पनि याे विषय सामान्य नरहेकाे भन्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने बताए।
केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुन १३ गते १ सय ८ किलाेकाे सुनकाे जलहरी (सुवर्ण पीठिका) राखिएकाे थियाे। उक्त जलहरी निर्माणमा ८५ कराेड खर्च भएकाे थियाे, जसमध्ये ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गरेका थिए।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया