बिएल संवाददाता
लामो चर्चा र छलफलपछि अन्तत: आज (सोमबार) समाजवादी मोर्चा घोषणा हुँदैछ। संसदका तीनसहित पाँच दल मिलेर बन्न लागेको समाजवादी मोर्चाको घोषणा प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको हलबाट गर्ने तय भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणको आधार भनिएको समाजवादी मोर्चामार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट छुट्टिएका माधवकुमार नेपाल, उपेन्द्र यादव, माओवादीबाट छुट्टिएका डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ एक ठाउँमा उभिँदै छन्।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजावादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपा सामेल हुँदै छन्।
मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ। मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया