बालेनको चेतावनीपछि ‘आदिपुरुष’का निर्माता ‘ब्याक’, हटाइयो आपत्तिजनक सम्वाद

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहकाे चेतावनीपछि भारतीय चलचित्र ‘आदिपुरुष’का निर्माताले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सम्वाद हटाउने भएका छन्। निर्माताहरुले उक्त सम्वाद नियतवश नभएर भुलवश राखिएकाे भन्दै सच्चाइएकाे टाइम्स अफ इन्डिया जनाएकाे छ ।

धन्यवाद 'बाहुवली' बालेनलाई !
बालेनलाई धेरैले उडाएका थिए। उनले त 'आदिपुरूष'बाट सीता भारतकी छोरी हुन् भन्ने सम्वाद नै उडाउन लगाएछन्।
निर्मातालाई सीता कहाँकी छोरीसँग के मतलब, नेपाल राइट्सको पैसासँग मतलव छ ।
जे भए पनि हट्यो, धन्यवाद 'बाहुवली' बालेनलाई।

हिन्दू महाकाव्य रामायणमा आधारित आदिपुरूषमा प्रभास, कृति सेनन, सेफ अलि खान, अमिताभ बच्चन आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको निर्देशन ओम राउतले गरेका हुन्। 

चलचित्र आजबाट रिलिज हुँदैछ।

‘आदिपुरुष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सम्वाद नहटाए काठमाडाैँमा भारतीय फिल्म चल्न नदिने बालेनकाे चेतावनी

प्रकाशित मिति: : 2023-06-16 07:39:00

प्रतिकृया दिनुहोस्