माधव नेपालको फेरिँदो बोली– नेकपा ब्युँताउन तयार होलान् प्रचण्ड र ओली ?

लोकान्तर

काठमाडौँ

'हाम्रो पार्टी अर्को कुनै पार्टीमा विलय हुनेवाला छैन । कसै–कसैलाई यस्तो लागेको हुनसक्छ ।  हामी कसैप्रति पूर्वाग्रह राख्दैनौं । एमालेमा आफैं रुवाबासी चलिरहेको छ,’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले शनिवार भने, ‘यदि हुन्छ भने पुरानो पार्टी (तत्कालीन नेकपा) फेरि ब्युँताउँछौं । प्रचण्डजीलाई आउनुस् भन्छु । नेकपा फेरि ब्युँताउन हामी तयार हुन्छौं । केपी ओली तयार हुन्छन् ?’ 

करिब दुई वर्षअघि एमाले फुटाएर एकीकृत समाजवादी पार्टी बनाएका नेपालले नेकपा ब्युँताउन चुनौती दिँदै गर्दा ओलीलाई ७० वर्षको उमेर हदले तनाव दिएको पनि दाबी गरे । ‘मैले कुर्सी छोड्नुपर्ला भनेर केपी ओलीले ७० वर्ष उमेरहद नै हटाइएदिए । सल्लाहकार भएर बसे हुँदैन ? केटाहरूले राम्रो काम गरेनन् भनेर फेरि आएर जिम्मा लिए भइहाल्छ,’ नेपालले भने, ‘अरूले ७० वर्ष पुगेकालाई बोलाउँदैछन् । हामी त ७० वर्ष नाघेपछि भयो आराम गर्नुस्, सल्लाहकार भएर बस्नुहोस् भनिरहेका छौं । मेरै पनि उमेर पुग्यो भने म पनि बिदा हुन्छु ।  देश र जनताको कल्याण र हित नै हाम्रो उद्देश्य हो ।’ 

प्रकाशित मिति: : 2023-06-13 06:00:00

प्रतिकृया दिनुहोस्