थाल ठटाउँदै विद्यालयका कर्मचारी आन्दोलित (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

सरकारले आफ्ना मागका विषयमा वास्ता नगरेको भन्दै विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। देशभरबाट काठमाडौं आएका कर्मचारीहरुले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा थाल, घण्टी, भाँडाकुडा ठटाउँदै प्रदर्शन गरे।

नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा भएको प्रदर्शनमा भाँडाकुडा ठटाउँदै नाराबाजी गरे। सेवा सुविधा वृद्धिलगायत माग सरकारले सुनाइ नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनरत कर्मचारी शिक्षकले संघीय शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

प्रकाशित मिति: : 2023-06-11 15:12:00

प्रतिकृया दिनुहोस्