प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले पूर्व बाल सैनिक लेनिन विष्टले दिएको रिट दर्ता गर्न आदेश जारी गरेका हो।

विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए। तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए। 

प्रकाशित मिति: : 2023-06-09 14:10:00

प्रतिकृया दिनुहोस्