डाेल्पाबाट उडान भर्ने एयरलाइन्सहरूमा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव हुँदा बिरामीहरू मारमा पर्ने गरेका छन्।
एयरलाइन्सहरूकाे टिकट सिधै ट्राभल्स एजेन्सीहरूले काट्ने हुँदा जिल्लामा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव भएकाे हाे। जसले गर्दा बिरामीहरू मारमा पर्ने गरेकाे जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएकाे छ।
‘एयरलाइन्सहरूबाट टिकट वितरण गर्दा सबै टिकट एयरलाइन्स तथा टुर ट्राभल्सबाट बिक्रि हुने हुँदा यस जिल्लामा हुने आकस्मिक बिरामीहरूले हवाइ टिकट नपाइ सडकबाट यात्रा गर्दा सडक यातायात भरपर्दाे नभएकाले बिरामीकाे बाटाेमै मृत्यु हुने र विभिन्न समस्या सृजना हुने गरेकाे छ’ डोल्पाका प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतले भनेका छन्।
उनले तारा, समिट र सिता एयरलाइन्सलाई पत्र लेख्दै अबदेखि आकस्मिक टिकटकाे व्यवस्था गरिदिन पत्राचार गरेका छन्। डोल्पाबाट नेपालगन्ज जानका लागि हरेक फ्लाइटमा कम्तिमा २ जनाका लागि बिरामी सिट र अत्यावश्यक कामकाजका लागि डोल्पा फर्कने सरकारी कर्मचारीका लागि २ सिट मिलाइदिन महतले पत्रमार्फत आग्रह गरेका छन्।
अहिले डोल्पा–नेपालगन्ज हप्तामा एक दिनमात्र फ्लाइट हुँदा पनि टिकटकाे समस्या भएकाे हाे। पहिले दैनिक दुईतर्फी हुने उडान अहिले हप्तामा एक पटक मात्र हुने गरेकाे छ।